
शनिवार , जेठ १३, २०८०
काठमाडौं, १३ जेठ ।
अवरुद्ध संसद सुचारु गर्ने विषयमा प्रमुख तीन दल छलफलमा जुटेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जारी बैठकमा प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शिर्ष नेतासहित प्रमुख सचेतकहरुको सहभागस्ता रहेको छ ।
नेकपा (माओवादी केन्द्र) का सांसद राजन दाहालले ओली सरकारमा पशुपतिनाथमा राखिएको सुनको जलहरीमा अनियमितता भएको र त्यसमा ओलीको संलग्नता रहेको भन्दै विषय उठाएपछि सो विषयमा माफी माग्नुपर्ने तथा छानबीन गर्नुपर्ने माग एमालेले अडान राखिरहेको छ ।
माओवादीले अनावश्यक आरोप लगाएको भन्दै एमालेले संसद अवरुद्ध गरेपछि हिजो २० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारु नै हुन नसकेपछि आज ४ बजेका लागि बोलाइएको छ । जसका कारण सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची भए पनि एमालेको अवरोधका कारण हिजो सम्भव हुन सकेको थिएन ।
आज अवरुद्ध संसद खुलाउनका लागि कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालसहित बैठक सुरु भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij