images

शुक्रवार, बैशाख ७ गते २०८१

सिद्धार्थनगर–५ वडा कार्यालयद्वारा डस्टबीन वितरण

सिद्धार्थनगर–५ वडा कार्यालयद्वारा डस्टबीन वितरण

images
images
images
शुक्रवार, जेठ १२ २०८०
शुक्रवार, जेठ १२ २०८०
  • सिद्धार्थनगर–५ वडा कार्यालयद्वारा डस्टबीन वितरण

    भैरहवा, १२ जेठ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को कार्यालयले वडामा सञ्चालित व्यवसायिक प्रतिष्ठानहरुलाई शुक्रबार डस्टबीन वितरण गरेको छ । फोहर व्यवस्थापनका लागि कार्यालयले एक कार्यक्रमकाबीच डस्टबीन वितरण गरेको सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताए ।

    images
    images
    images

    सिद्धार्थनगरलाई स्वच्छ, सफा र हराभरा बनाउने सपना साकार पार्न वडा कार्यालयले प्रयास गरेको वडाअध्यक्ष श्रेष्ठले बताए । ‘वडा नम्बर ५ कार्यालयमा दर्ता भइ सञ्चालनमा रहेका व्यवसायिक प्रतिष्ठानका सञ्चालकहरुलाई डस्टबीन वितरण गरिएको हो । उनले भने, ‘यसले व्यवसायिक प्रतिष्ठानलाई प्रोत्साहित गर्नेमा विश्वस्त छौं ।’ वडा कार्यालयको मात्र प्रयासले फोहरमैला व्यवस्थापन हुन नसक्ने भएकाले सबैको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ ।

    कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले वडा नम्बर ५ ले रचनात्मक कार्यहरु गरेको भन्दै प्रशंसा गरे । उनले सडक नालामा तथा जथाभावी फोहर नफाल्न आग्रह गरे । ‘फोहर नालामा फाल्दा वर्षाको समयमा पानी जम्दा समस्या भएको छ, ’नगरप्रमुख खानले भने । उनले सिद्धार्थनगर नगरपालिकालाई सफा, स्वच्छ, हराभरा बनाउन नगरपालिकालाई मात्र जिम्मेवारी दिएर नहुने भएकाले सबैको भूमिका महत्वपूर्ण भूमिका रहेको बताए ।

    नगर उपप्रमुख उमा अधिकारीले डस्टबीन संकलन गरिएको फोहर सडकमा नभइ नगरपालिकाको ट्याक्टरमा फाल्न आग्रह गरिन् । उनले भनिन्, ‘सरसफाई अभियानमा सबै मिलेर अघि बढौं ।’ सिद्धार्थनगर वडा नम्बर ५ ले सराहनीय कार्य गरेको उनको भनाइ छ ।

    समाजसेवी तथा भैरहवा मर्निङ वाक ग्रुपका अध्यक्ष ओमकार गौचनले वडा नम्बर ५ वडा कार्यालयले गरेको कार्यबाट वडाबासीले गर्वको अनुभुति गरिरहेको बताए । उनले डस्टबीन वितरण महत्वपूर्ण कार्य भएको बताए ।
    सिद्धार्थनगर–५ का वडा सदस्य प्रेम नारायण गुप्ताले डस्टबीन वितरण कार्यक्रमले नगर तथा वडालाई सफा र हराभरा राख्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता, नगरप्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता, उपप्रमुख उमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालको विशिष्ट आतिथ्यता, वडा सदस्य प्रेम नारायण गुप्ताको स्वागत तथा वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij