२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

बयानकै आधारमा पक्राउ गर्न मिल्दैन- गृहमन्त्री श्रेष्ठ

बिहिवार , जेठ ११, २०८०

  • 844
    Shares
  • 844
    Shares
  • काठमाडौं, ११ जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बयानकै आधारमा नाम लिइएका व्यक्तिलाई पक्राउ गर्न नसकिने बताएका छन्।

    बिहीबार एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ८ बुँदे ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले बयानकै आधारमा कसैलाई पक्राउ गर्न नमिल्ने जवाफ दिएका हुन् । तर, नाम लिइएका व्यक्तिमाथि भने अनुसन्धान भइरहेको उनको भनाइ छ।

    प्रहरीलाई राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र र निष्पक्ष रुपमा छानबिन गर्न निर्देशन दिएको उनको भनाइ छ।