२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

बलात्कार आराेपमा एकजना पक्राउ

मंगलवार , जेठ ९, २०८०

रूपन्देही, ९ जेठ । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोटहीमाई गाउँपालिका-७ भैसाघान बस्ने २० वर्षीय रियाज अहमद मुसलमानलाई  प्रहरीले पक्राउ गरेको छ । 

मुसलमानले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।