२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

गोकुल बाँस्कोटाको प्रश्न- ३१ महिना सरकारमा रहँदा माओवादीलाई शान्तिप्रक्रिया टुंग्याउन कसले रोक्यो ?

मंगलवार , जेठ ९, २०८०

  • 931
    Shares
  • 931
    Shares
  • काठमाडौं, ९ जेठ । एमाले सांसद गोकुल बाँस्कोटाले ३१ महिना सरकारमा रहँदा माओवादीलाई शान्तिप्रक्रिया टुंग्याउन कसले रोक्यो भन्दै प्रश्न गरेका छन् । 

    मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले डा. बाबुराम भट्टराईदेखि पुष्पकमल दाहाल प्रचण्ड ३१ महिना सरकार रहँदा शान्तिप्रक्रिया टुंग्याउन कसले रोक्यो भनेर प्रश्न गरेका हुन् ।सदनमा पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले देशको आर्थिक अवस्था सुधार्न नसक्ने भन्दै उनले आफ्नो कमजोरी छोप्न विपक्षी दलमाथि सत्तापक्ष खनिने काम भएको आरोप लगाए । 

    शान्तिप्रक्रिया चाँडै टुंगियोस् भन्ने एमाले पनि चाहने भए पनि सत्तापक्षबाट भइरहेको विपक्षी दलमाथिको टिप्पणीले भलो नगर्ने उनको चेतावनी छ । अघिल्लो वर्ष पेस गरिएको नीति तथा कार्यक्रमको समीक्षाबाट अहिले नीति तथा कार्यक्रम ल्याइएको हो भन्दै प्रश्न गरेका उनले मनु मञ्जिलको कविता वाचन गर्दै सत्तापक्षलाई कटाक्षसमेत गरे ।