२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

कक्षा १२ पछिको ब्रिजकोर्स अध्ययनमा लगातार सफलता : ओर्याकल एजुकेशन

मंगलवार , जेठ ९, २०८०

भैरहवा, ९ जेठ ।
प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गरेको बुटवलको ओर्याकल एजुकेशन जोनले उत्कृष्ट नतिजा निकाल्न सफल भएको जनाएको छ । कक्षा १२ पछिको अध्ययनका लागी सञ्चालन गरिएको ब्रिजकोर्समा विद्यार्थीहरुले सफलता हात पारेको ओर्याकलको दावी छ । कक्षा १२ मा विज्ञान संकाय अध्ययन गरेका विद्यार्थीका लागि विगत ७ वर्षदेखि ओर्याकलले ब्रिजकोर्स सञ्चालन गर्दै आएको छ ।

मेडिकल शिक्षाका अध्ययन गर्ने विद्यार्थीहरुले नेपालको विभिन्न विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजमा नाम निकाल्न सफल भएको ओर्याकलले जनाएको छ । मेडिकल, पारामेडिकल, अप्लाइड साइन्स, इन्जिनियरिङ विधामा विद्यार्थीले नाम निकालेका छन् । एम.बी.बी.एस्, बी.डी.एस, नर्सिङ्ग, बी.एम.एल.टी., बाम्स, फार्मेसी, एग्रीकल्चर, भेटेरिनरी, फरेष्ट्री, फूड टेक, बी.ई.लगायतका विषयहरुमा यो संस्थाद्वारा प्रशिक्षित विद्यार्थीहरुले उत्कृष्ट अंकसहित प्रवेश परीक्षामा उत्तीर्ण भएका छन् । 

‘स्थापनाकालदेखि नै विद्यार्थीको शैक्षिक तथा सर्वोपरी विकासलाई प्राथमिकतामा राखी इन्ट्रान्स एक्स्पर्टको प्रत्यक्ष संलग्नतामा तयारी कक्षाहरु सञ्चालन गरिएको छ, ’प्रबन्ध निर्देशक ई. आशिष न्यौपानेले भने । आफूहरुले दिएको आत्मीय वातावरणमा विद्यार्थीले सफलता प्राप्त गरेको उनले दावी गरे । ‘अहिलेसम्म ८० प्रतिशतले सफलता हासिल गरेका छन्, प्राविधिक धारका विषय विशेषज्ञद्वारा सञ्चालन तथा प्राध्यापन गरिने भएकोले विद्यार्थीहरुले प्रवेश परीक्षाको वास्तविक स्वादबारे बढी जानकार हुन्छन् । न्यौपानेले भने, ‘त्यो नै विधार्थीको लागि फाइदाजनक हुन्छ ।’ ओर्याकल एजुकेशन जोनले विगत ३ वर्षदेखि कक्षा १० पछिको ब्रिज कोर्ष पनि सञ्चालन गरेको छ । यस वर्षदेखि सिम्याट तयारी कक्षा पनि सञ्चालन गर्ने ओर्याकल एजुकेशन जोनले जनाएको छ ।