२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

धनगढी पुगेर पूर्वराजाले सोधे– के नयाँ नेपाल भनेको यही हो ?

सोमवार , जेठ ८, २०८०

काठमाडौं, ८ जेठ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र नेतृत्वलाई के नयाँ नेपाल भनेको यही हो भन्दै प्रश्न गरेका छन् ।
सोमबार धनगढीमा भएको कार्यक्रममा बोल्दै पूर्वराजा शाहले के नेपालको अस्तित्व छैन भन्दै नयाँ नेपाल भनेको यहि हो भनेर प्रश्न गरेका हुन् ।

‘के नयाँ नेपाल भनेको यही हो ? के अग्रगामी भनेको परावलम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन ?,’ उनको प्रश्न थियो ।