२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

पक्लिहवा माविमा नवनिर्मित दुईकोठे भवन उद्घाटन

शनिवार , जेठ ६, २०८०

भैरहवा, ६ जेठ ।
श्री पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नम्बर १ पक्लिहवामा नवनिर्मित दुईकोठे भवनको उद्घाटन गरिएको छ । शुक्रबार आयोजित एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा मन्त्री सन्तोष कुमार पाण्डेयले भवनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले आफू लुम्बिनी प्रदेशभरीकै जनताको प्रतिनिधि भएको हुनाले विकास निर्माणको कार्यमा कतै पनि विभेद नगरी विकासको गतिविधिमा सक्रिय रहने बताए । उनले आफ्नो निर्वाचन क्षेत्रमा विशेष गरी शिक्षा, भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा प्रदेश सरकारबाट आर्थिक सहयोग जुटाउनेतर्फ लागिपर्ने बताए ।

पक्लिहवा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङ्गले विद्यालयको भौतिक क्षेत्रमा सन्तोषजनक कार्य भएको र आगामी दिनमा गुणस्तरीय शिक्षामार्फत नमूना विद्यालय बनाउनेतर्फ आफू र आफ्नो टीम लाग्ने बताए ।

त्यसै गरी  सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष उज्ज्वल पोखरेल, बहिरा बाल विद्यालयका प्रधानाध्यापक भीमबहादुर थापाले आगामी दिनमा विद्यालयको थप उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष छेदीलाल श्रीवास्तव, समाजसेवी लेखनाथ भट्टराई, कृष्ण खनाल, याम बहादुर थापा, वडा सदस्य हरिमाया गुरुङ्ग, अनिल कुमार केसी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मोहम्मद जहिद मुसलमान, सलुजा रामदाम, पूर्व वडाअध्यक्ष विजयनाथ धवल, दीपक पौडेल, श्याम खनाल, भविलाल पौडेल, योगेन्द्रनाथ पाण्डे, तेजेन्द्र गुरुङ्गलगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारको २५ लाख, संघीय सरकारको २० लाख तथा विद्यालयको तर्फबाट ३ लाख गरी कुल ४८ लाखमा उद्घाटन भएको सो दुईकोठे भवनको निर्माण तथा पाँचवटा पुराना कक्षा कोठाको पुननिर्माण सम्पन्न गरिएको जानकारी गराइएको थियो । 

2.jpg

कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत छात्रा–छात्राहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए । विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतको स्वागत तथा शिक्षक देवी प्रसाद न्यौपानेकोे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

7.jpg