२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

माओवादी केन्द्रका चार पदाधिकारी चीन प्रस्थान

शुक्रवार , जेठ ५, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, ५ जेठ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरू उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागी आज प्रस्थान गरेका छन् ।

    माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली अनुभव आदानप्रदानका लागि चिनको छिन्दुका लागी प्रस्थान गरेको भ्रमण दलका सदष्य जीपी मैनालीले जानकरी दिए । उनीहरु आज छिन्दु प्रस्थान गरेको हो ।

    भ्रमण दलमा माओवादीका उपाध्यक्ष समेत रहेका पुर्व सभामुख सापकोटा सहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य प्रदेश अध्यक्षहरु सहित केन्द्रिय नेताहरु रहेको मैनालीले बताए। यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूको टोली चीन भ्रमण गरेर फर्किएको थियो ।