२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

ठूला–ठूला भ्रष्टाचारमा प्रमुख दलहरुबीच दलीय सहमति देखिएको राजेन्द्र लिङ्देनको आरोप

बिहिवार , जेठ ४, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, ४ जेठ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला–ठूला भ्रष्टाचारमा प्रमुख दलहरुबीच दलीय सहमति देखिएको आरोप लगाएका हुन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरण लगाएतका भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध बिहीबार राप्रपाले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै लिङ्दनले ठूला भ्रष्टाचारका काण्डहरुमा सबै दलका ठूला दलका नेताहरुको संलग्नता भएकै कारण जतिसुकै भ्रष्टाचार मुद्दा सार्वजनिक भएपनि टुङ्गो लाग्न नसकेको बताएका हुन् ।

    उनले शरणार्थी प्रकरण पनि विदेशी चासोका कारण अनुसन्धान भएको भन्दै यसलाई पनि अनुसन्धान नै नसकी फाइल बुझाउने तयारी भइरहेको बताए । उनले यस प्रकरणमा कसैलाई पनि छुट दिन नहुने र राष्ट्रघाती काम गर्ने सवैलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग गरे ।

    लिङ्देनले राप्रपाको नेतृत्वमा नै हिन्दु राष्ट्र र राजसंस्था पुनस्थापित गर्ने भन्दै त्यसका लागि कुनै विदेशीको आशिर्वाद र पैसा नलिने जिकिर गरे ।

    उनले कांग्रेस एमाले र माओवादीबाट मुलुकको आर्थिक बिकास र सुशासनको कुनै सम्भावना नै नरहेको बताए ।