बिहिवार , जेठ ४, २०८०
काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ्गले शान्तिप्रक्रियालाई निष्कर्षमा पुराउनका लागि सवैले योगदान गर्नुपर्ने बताएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा मन्त्री गुरुङले १७ बर्ष देखि बाँकी रहेका शान्ति प्रक्रियाका कामलाई निष्कर्षमा पुराउनका लागि सरकार र दलबिशेषमात्रै नभई सवैले योगदान गर्नुपर्ने बताएका हुन् ।
शान्तिप्रक्रियाको बिषय सवै दलहरुको साझा बिषय भएकाले सवैसंगको समझदारीमा नै यसलाई निष्कर्षमा पुराउने उनले बताए । त्यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी संशोधन विधेयकको मस्यौदाबारे जानकारी दिदै मन्त्री गुरुङले छानविन प्रतिवेदनका आधारमा पिडितलाई न्याय दिने बताए । उनले संक्रमणकालीन न्यायसंग सम्बन्धी बिषयमा प्राप्त हुने सुझावले यस बिधेयकलाइ थप समृद्ध बनाउने विश्वास व्यक्त गरे ।
उक्त विधेयकमाथि समितिको अर्को बैठकबाट छलफल सुरु हुने बताइएको छ । बैठकले समितिको कार्यविधिलाई पारित गरेको छ । कार्यविधिमा विना जानकारी ५ पटकसम्म बैठकमा अनुपस्थीत हुने सांसदलाई निष्कासन गर्ने सक्ने व्यवस्था समावेश गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij