२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

राष्ट्रिय युवा संघ ओमसतियाले मनायो स्थापना दिवस

मंगलवार , जेठ २, २०८०

भैरहवा, २ जेठ ।
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल ओमसतिया गाउँ कमिटीले ३४ औं स्थापना दिवस मनाएको छ । सोमबार ओमसतिया गाउँपालिका वडा नम्बर ४ स्थित वसन्तपुर चोकमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरी संघले स्थापना दिवस मनाएको हो ।

संघले देशव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रुपमा दिवस मनाएको छ । स्थापना दिवसमा फलफूल वितरण, अशक्त व्यक्तिहरुलाई  निःशुल्क खाना वितरण, जेब्रा क्रसिङ निर्माण तथा शैक्षिक सामाग्री वितरण गरिएको संघले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा ओमसतिया गाउँपालिका निवर्तमान अध्यक्ष हिरा केवट (राहुल) ले युवाहरु राजनीतिमा मात्र नभइ सामाजिक कार्यमा सक्रिय हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमका अध्यक्ष तथा राष्ट्रिय युवा संघ ओमसतियाका इञ्चार्ज अनुप मल्लले देश परिवर्तनमा युवा जनशक्तिको महत्वपूर्ण भूमिका हुने बताए ।