
मंगलवार , जेठ २, २०८०
काठमाडौं, २ जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय समिति बैठक सुरु भएको छ । सोमवारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजवाट छलफल सुरु भएको हो ।
‘अध्यक्षज्यूले पेश गरेको राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रिय सदस्यहरुले धारणा राख्ने कार्य सुरु भएको छ,’ प्रवक्ता सगुन लावतीले भने । उनकाअनुसार अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले सोमवार प्रस्तुत गरेका प्रतिवेदनमाथी केन्द्रिय सदस्यहरुले आ आफनो धारणा राख्ने छन् ।
अध्यक्ष लिङ्देनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विदेशी इशारामा चल्न थालेपछि सरकार छाडनुपरेको हिजो जनाएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणको छानबीनमासमेत विदेशी संलग्नता रहनुलाई राष्ट्रिय लज्जाको विषय भएको निष्कर्ष उनको थियो ।
प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा पुगेको जनाउँदै उनले सरकार निर्माण र विघटनमा बाह्य प्रभाव रहेपछि आफूहरुले सरकार छाडनुपर्ने जानकारी केन्द्रिय समितिमा गराएका छन् ।
उनले वैदेशिक हस्तक्षेप र दलीय भ्रष्टचारको विरुद्धमा निर्मम भएर उभिन पनि पार्टी पंक्तिलाई आग्रह गरेका छन् । मुख्य दलका अराजनीतिक गतिविधि र भ्रष्ट प्रवृतिका कारण संवैधानिक राजतन्त्रको औचित्य अझै बढन गएको उल्लेख गर्दै त्यसको पक्षमा माहौल सिर्जना गर्नका लागि उपयुक्त अवस्था सिर्जना भएको पनि लिङ्देनले जनाएका छन् ।
अध्यक्षको रानजनीतिक, महामन्त्रीको सांगठानिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथी मंगलवार दिनभरी छलफल हुने प्रवक्ता लावतीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij