
सोमवार , जेठ १, २०८०
काठमाडौं, १ जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकार भ्यागुतोको धार्नी नपुगेको जस्तो भएको बताएको छ ।
सोमबारदेखि काठमाडौंमा सुरु भएको केन्द्रिय समितिको पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी प्रकरणमा विदेशीको दबाबवाट भएकोसमेत उल्लेख गरेका छन् ।
‘प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा छ । सरकार निर्माण र विघटनमा बाह्य प्रभावका प्रसंग चले जस्तै बाह्य दबाबबाट मात्र भ्रष्टाचारको छानबीन हुन थालेको प्रसंग चल्नु राष्ट्रिय लज्जाको विषय हो,’ अध्यक्ष लिङदेनले राजनीतिक प्रतिवेदन पेश गर्दै भने ।
सत्य, निष्ठा, इमान्दारीता, जवाफदेहीता दुर्लभ वस्तु बन्न गएको उल्लेख गर्दै लिङ्देनले भनेका छन, ‘सानालाई ऐन, ठूलालाई चैन भन्ने अवस्था वर्तमान शासनको विशेषता बनेको छ, यो यथार्थ अवस्था दण्डहीनताको श्रृखलाहरूले आफैं प्रमाणित गरेको छ । धेरै पर जानै पर्दैन, वाइडबडीदेखि ललिता निवास जग्गा काण्ड, एनसेलदेखि क्यान्टोनमेन्ट घोटाला ध्यानमा लिने हो भने सत्यतथ्य सबै छर्लङ्ग हुन्छ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij