२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

नक्कली भुटानी शरणार्थी प्रकरण अपराध मात्रै होइन, राष्ट्रद्रोह होः राजकिशोर यादव

सोमवार , जेठ १, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, १ जेठ । जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामान्य रुपमा लिन नहुने बताएका छन् ।

    प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै सांसद यादवले सो प्रकरण राष्ट्रद्रोहको मुद्धा भएकाले गम्भिर रुपमा छानबिन गर्नुपर्ने बताएका हुन ।

    ‘नक्कली भुटानी शरणार्थी प्रकरणलाई एउटा अपराधको रुपमा मात्रै लिनु हुन्न, यो राष्ट्रद्रोह पनि हो,’ यादवले भने, ‘यस्तो बेलामा सो प्रकरणलाई ढाकछोप गर्ने गरी कार्यहरु हुन खोजेको आशंका उत्पन्न भएको छ, शिर्ष नेताहरुको बैठक यसैलाई कमजोर बनाउन त बसेको छैन ? जनताले आशंका गरेका छन् ।’