२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

कांग्रेसका पुर्व सांसद शेपाबिरुद्ध पक्राउ पुर्जि, मोबाईल अफ गरेर शेर्पा फरार

आइतवार , बैशाख ३१, २०८०

  • 949
    Shares
  • 949
    Shares
  • काठमाडौं, ३१ बैशाख । नेपाली कांग्रेसका पुर्व सांसद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

    नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोपमा संलग्न रहेको आरोपमा आङटावा शेर्पा बिरुद्ध पक्राउ पुर्जि जारी भएको हो ।

    प्रहरी उच्च अधिकारीका अनुसार सो घटनामा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणलगायतको नाम नभन्नका लागि अनुरोध गर्न प्रहरी कार्यालय पुगेका शेर्पा माथी थप अनुसन्धानका लागि पक्राउ पुर्जि जारी भएको हो । उनलाई पक्राउ गर्नका लागि शुक्रवार नै जिल्ला अदालत, काठमाडौंवाट अनुमति लिईएको छ ।

    तर, शेर्पा सो घटना सार्वजनिक भए पछि मोबाईल अफ गरी बेपत्ता भएका छन् । उनको प्रहरीले शुक्रवार देखी नै खोजी गरे पनि अझैसम्म फेला पार्न सकेको छैन ।

    सो प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललाई भेटघाट गरी खाँणको नाम नलिन उनले अनुरोध गरेको यसअघि सार्वजनिक भएको थियो ।