
आइतवार , बैशाख ३१, २०८०
काठमाडौं, ३१ वैशाख ।
आज बृहत खोप अभियान । खोप लगाउन छुटेका ५ बर्वा मुनिका सबै बालबालिकालाई आज खोप लगाईदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरीका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिनाभित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई नियमित खोप दिईदैछ ।
जन्मने बित्तिकै लगाउने बिसिजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १० हप्ताभित्र लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १४ हप्ता भित्र लगाउनुपर्ने पोलियो, एफएईपिभी, हेप बि हिब, ९ महिना भित्र लगाउनुपर्ने, एफ आई, पिभि, पिसिभी, दादुरा रुबेला र १५ महिना भित्र लगाउनुपर्ने दादुरा–रुबेला र टाईफाईडका जस्ता खोप अहिले लगाइँदैछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij