२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

तीनदिन चलेको एमाले केन्द्रीय कमिटी बैठकले के–के निर्णय गर्‍यो ?

शनिवार , बैशाख ३०, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, ३० वैशाख ।
    तीन दिनसम्म चलेको नेकपा एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठक केही महत्वपूर्ण निर्णय गर्दै सकिएको हो । एमालेले वर्षैभरी केन्द्रीय सदस्यलाई मिसन ग्रासरूटकै भूगोलमा खटाउने निर्णय गरेको छ ।

    पार्टी गतिविधिलाई थप रचनात्मक, सिर्जनात्मक बनाउने र मातहतका कमिटीको अधिवेशन गराउँदै एमालेलाई क्रियाशील बनाउन केन्द्रीय सदस्यलाई ग्रासरुटमा पठाउने निर्णय भएको उपमहासचिव पृथ्वीसुब्बा गुरूङले बताए ।

    केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टीमा युवाको आकर्षण कमजोर बनेको निष्कर्ष निकालेका थिए । कतिपय केन्द्रीय सदस्यले छोराछोरीलाई समेत सम्झाउन नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नवोदित पार्टीमा मत गएको बताएका थिए ।

    पार्टीमा युवा पुस्ताको आकर्षण बढाउन, बाबुआमा एमालेमा प्रतिबद्ध हुने, छोराछोरीले कम्युनिष्ट पार्टी के हो नबुझ्ने अवस्था नहोस् भनेर छोराछोरी अभियान चलाउन लागिएको एमाले जनाएको छ ।