२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

स्थापना दिवसमा सशस्त्र प्रहरीद्वारा विविध कार्यक्रम, ३१ जनाले गरे रक्तदान

शनिवार , बैशाख ३०, २०८०

भैरहवा, ३० वैशाख ।  
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण हेडक्वाटर रुपन्देहीले स्थापना दिवसको अवसर पारी विविध कार्यक्रम गरेको छ । सशस्त्र प्रहरीले देशका नागरिकको शान्ति सुरक्षा, विपतमा उद्दार मात्रै नगरी सामाजिक क्षेत्रमा उत्तरदायी छ भन्ने सन्देशका साथ रक्तदान, मधुमेह परिक्षण, सीमा क्षेत्र तथा मन्दिरको सरसफाइ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण हेडक्वाटर रुपन्देहीका प्रमुख (एसपी) दिपक थापाले बताए । ‘१६ औं स्थापना दिवसको अवसरमा रगतको अभावले नै कसैको ज्यान जान नपाओस, रगतको संचितिमा सहयोग पुगोस् भन्ने हेतुले गणभित्र रक्तदान कार्यक्रमको आयोजना गरेका हौं ’थापाले भने ।

कार्यालयले दिवसको पूर्वसन्ध्यामा नेपाल–भारत सीमा क्षेत्र र मन्दिरमा बृहत सरसफाई गरिसकेको छ भने दिवसको अवसर पारेर शनिबार कार्यालय परिसरमा रक्तदान गरेको छ । लायन्स क्लब अफ भैरहवा लिगेसी र भीम अस्पतालको सहयोग र समन्वयमा कार्यालय परिसरमा रक्तदान र मधुमेह परिक्षण गरिएको गणका सूचना अधिकारी डीएसपी प्रेम प्रसाद सिग्देलले जानकारी दिए । 

सीमा सुरक्षासँगै सशस्त्र प्रहरी बलले जिल्लामा हुने विभिन्न खालका विपद् तथा नागरिकहरूलाई आवश्यक परेको समयमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सुरक्षा प्रदान गर्ने गरेको छ भने विपद, महामारी तथा प्राकृतिक प्रकोपहरुमा सशस्त्र प्रहरी सशक्त रुपमा नागरिकको उद्दारमा क्रियाशील हुँदै आएको छ । रक्तदान कार्यक्रममा ३१ जना सशस्त्र प्रहरीले रक्तदान गरेका थिए ।

WhatsApp Image 2023-05-13 at 3.46.37 PM.jpeg

WhatsApp Image 2023-05-13 at 3.47.36 PM.jpeg