२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

आज पनि एमालेको केन्द्रिय समिति बैठक, अध्यक्ष ओलीले जवाफ दिने

शनिवार , बैशाख ३०, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, ३० वैशाख । 
    नेकपा एमालेको केन्द्रिय समिति बैठक आज पनि बस्दैछ । गत बिहीबारदेखि सुरु भएको एमालेको चौथौ केन्द्रिय समिति बैठक बस्न लागेको हो । 

    शुक्रवार बसेको बैठकमा गैर–भौगोलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामुहिक छलफल भएको थियो । जसअनुुुसार गण्डकीबाट पदमा अर्याल, बाग्मतीबाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आ आफनो क्षेत्रको प्रतिवेदन पेश गरेका थिए । सबै प्रदेशको प्रतिवेदनमाथि सामुहिक छलफल सुरु गरिएको थियो ।

    आज बस्ने बैठकले समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।