२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

पशुपति कलेजमा अनुसन्धानमुलक लेखनसम्बन्धी तालिम 

शनिवार , बैशाख ३०, २०८०

भैरहवा, ३० वैशाख ।
पशुपति कलेज, तिलोत्तमा, रुपन्देहीमा अनुसन्धानमुलक लेखनसम्बन्धी तालिम सुरु भएको छ । वैशाख २९ गतेदेखि ३१ गतेसम्म कलेजको सभाहलमा प्राध्यापकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेज प्रशासनले जनाएको छ ।

बौद्धिक, वस्तुपरक, सूचनामूलक वा विश्लेषणात्मक नै भए पनि अनुसन्धानको प्रविधिभित्र नसमेटिएको लेखन साधारण लेखनअन्तर्गत पर्दछ । अनुसन्धानात्मक लेखन भनेको निश्चित सिद्धान्त र प्रविधिमा आधारित भएर कुनै पनि नयाँ कुराको प्राप्तिका लागि गरिने खोज वा अन्वेषण हो । यसलाई अत्यन्त प्राविधिक र वैज्ञानिक अनुसन्धान मान्ने गरिन्छ ।

मुख्य प्रशिक्षक डा. बिष्णु प्रसाद पोखरेलले कोरा शिक्षणले मात्रै व्यक्तिगत प्राज्ञिक उन्नति र पदोन्नती दुवै असम्भव रहेको तर हाम्रो जस्तो मुलुकमा केही अपवादबाहेक अनुसन्धानात्मक लेख कसरी तयार पार्ने र त्यसको प्रकाशनसम्म पुग्न के कस्ता कुरामा ध्यान पुर्याउनुपर्छ भन्ने कुरा मुख्य रहनेमा जोड दिए ।

सह–प्राध्यापक जगदिश तिमिल्सिनाले अहिलेको युग अनुसन्धानमा केन्द्रित भएकोले गुणस्तरीय शिक्षाका लागि अनुसन्धामुलक हुने पर्नेमा जोड दिए ।

कार्यक्रममा कलेजका व्यवस्थापन समितिका उपाध्यक्ष लिलाबल्लभ गैरे, निमित्त क्याम्पस प्रमुख जितबहादुर राजकोटी, कलेजका प्राध्यापक र छिमेकी सामुदायिक कलेजका प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।