२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

एमाले केन्द्रिय समिति बैठक जारी : बाँकी ४ प्रदेश कमिटीको प्रतिवेदन पेश गरिने

शुक्रवार , बैशाख २९, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, २९ वैशाख । 
    नेकपा एमालेको केन्द्रिय समितिको बैठक आज पनि जारी रहनेछ । गत २८ वैशाखदेखि सुरु भएको केन्द्रिय समिति बैठक भोली अर्थात वैशाख ३० गतेसम्म जारी रहनेछ ।

    हिजोदेखि सुरु भएको केन्द्रिय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफनो राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महासचिव शंकर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेण्डा पेश गरेका थिए । 
    केन्द्रिय प्रचार तथा प्रकाशन विभागका सचिव गगन बिष्टका अनुसार हिजो पेश गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन आज प्रस्तुत गरिनेछ ।

    ‘आज गण्डकीबाट पदमा अर्याल, बाग्मतीबाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आ-आफ्नो क्षेत्रको प्रतिवेदन पेश गर्नेछन्,’ उनले भनेका छन्, ‘उक्त प्रतिवेदनमाथि समूह विभाजन गरी छलफल गरिने भएको छ, समूह छलफलपछि प्रदेश अध्यक्षहरुले निष्कर्षका रुपमा सुझाव प्रस्तुत गर्नु हुनेछ ।’

    उनकाअनुसार हिजो सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोरा, अनुशासन आयोगका प्रमुख केशव बडाल, लेखा आयोगका अध्यक्ष पुष्प कंडेल र निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले आ–आफनो क्षेत्रको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    यसैगरी, मिसन ग्रास रुटका बारेमा पाँचवटा प्रदेश प्रमुखले प्रतिवेदन पेश गरेका थिए । जसअनुसार सुदुरपश्चिमबाट लेखराज भट्ट, कर्णालीबाट योगेश भट्टराई, लुम्बिनीबाट छविलाल विश्वकर्मा, मधेशबाट रघुवीर महासेठ र कोशी प्रदेशबाट राजेन्द्र गौतमले आ आफनो प्रदेशको रिपोर्ट प्रस्तुत गरेका थिए । बाँकी रहेका प्रदेश कमिटीहरुले आज आ–आफ्नो प्रतिवेदन पेश गर्नेछन् ।