२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

भीम अस्पतालमा सिटी स्क्यान सेवाबाट बिरामीलाई सहज

बिहिवार , बैशाख २८, २०८०

भैरहवा, २८ वैशाख ।
भैरहवास्थित भीम अस्पतालमा सिटी स्क्यान सेवा शुभारम्भ भएपछि बिरामीहरुलाई सहज र राहत भएको छ । २ करोड ७४ लाख ४० हजार रुपैयाँ लागतमा अस्पतालमा सिटी स्क्यान राखिएको थियो । सेवाको २०७९ फागुन २१ गते लुम्बिनी प्रदेश सरकारका तत्कालिन स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थीले उद्घाटन गरेका थिए ।

सेवा शुभारम्भ भएपछि हालसम्म २७ जना बढी बिरामीले सेवा लिएको भीम अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. सकन्तुला गुप्ताले बताइन् । अस्पतालको सेवा विस्तारका क्रममा सिटी स्क्यान मेशिन थपिएपछि सेवाग्राहीबाट राम्रो प्रतिक्रिया आएको बताइन् । 

लुम्बिनी प्रदेशसभा सदस्य तथा मन्त्री सन्तोष कुमार पाण्डेयको पहल र अग्रसरतामा अस्पतालमा सिटी स्क्यान मेशिन राखिएको डा. गुप्ताले बताइन् । ‘माननीय सन्तोष कुमार पाण्डेय लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री हुँदा अस्पतालको विकास र सेवा विस्तारलाई मध्यनजर गर्दै सिटी स्क्यान मेशिनका लागि पहल गर्नुभएको थियो, उहाँले भीम अस्पतालको विकासका लागि निरन्तर चासो देखाउनुभएको छ ।  यसका लागि अस्पताल परिवारकोतर्फबाट उहाँलाई धन्यवाद दिन चाहन्छु, ’उनले भनिन् ।

केही दिनअघि दाङको लमहीमा भएको मिनिमल सर्भिस एक्सटेण्डर (अस्पतालहरुको समीक्षा कार्यक्रममा) भीम अस्पतालमा गुणस्तरीय सिटी स्क्यान सेवा रहेको भन्ने कुरा सुन्दा गर्वको अनुभुति भएको डा. गुप्ताले बताइन् । उनले भीम अस्पतालले प्रदान गर्ने सेवाप्रति उक्त कार्यक्रममा प्रशंसा गरिएको बताइन् ।

WhatsApp Image 2023-05-11 at 11.35.52 AM.jpeg

अस्पतालको विकासका लागि लुम्बिनी प्रदेश सरकारले चासो लिएको भन्ने कुरामा आफू विश्वस्त रहेको उनको भनाइ छ ।