२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

प्रतिनिधिसभामा राप्रपाको नाराबाजी

बुधवार , बैशाख २७, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले वेल घेराउ गरेपछि प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । 

    बुधबारको संसद बैठक सुरु हुनेबितिकै राप्रपाका सांसदहरु उठेर बोल्न समय माग गरेका थिए ।

    सभामुख देवराज घिमिरेले बोल्नका लागि समय नदिएपछि उनीहरुले विरोध जनाएका थिए । सो क्रममा सभामुखले नियमित कार्यसूची अनुसार शुन्य समयको कारवाही प्रारम्भ गरेपछि राप्रपाका सांसदहरुले वेल घेराउ गरेका थिए । वेल घेराउ गर्दै विरोध जनाएपछि सभामुख घिमिरेले १५ मिनेका लागि संसद बैठक स्थगित गरेका छन् ।

    राप्रपाका सांसदहरुले नक्कली भूटानी शरणार्थी प्रकरणमा धारणा राख्न खोजेको तर सभामुखले बोल्न नदिएका कारण विरोध जनाउनुपरेको बताएका छन् ।