२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

बुटवल-नारायणगढ सडक यथाशीघ्र निर्माणसम्पन्न गराउन सांसद् घिमिरेको माग 

मंगलवार , बैशाख २६, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, २६ वैशाख ।
    प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले बुटवल-नारायणगढ सडक यथाशीघ्र निर्माण सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद् घिमिरेले समयमैं निर्माणसम्पन्न नहुँदा धुलोले स्थानीय बासिन्दा र यात्रुहरुको स्वास्थ्यमा गम्भिर असर परेको उल्लेख गरे ।

    सडक निर्माणमा ढिलाइ हुँदा यात्रुहरू अत्यन्त कष्टकर यात्रा गर्न बाध्य भएको बताउँदै सांसद् घिमिरेले सडकको हैसियत बिग्रिँदा ३ घण्टामा सकिने सडक यात्राको लागि अहिले ७ घण्टासम्म लाग्ने गरेको बताए । बिग्रिएको सडक भएकोले सवारीसाधनले पेट्रोलियम पदार्थ बढी खपत गर्दा र बिग्रिँदा प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा करोडौं रकम विदेशिएको सांसद् घिमिरेको भनाइ छ ।

    पूर्वपश्चिम राजमार्गको सबैभन्दा व्यस्त बुटवल-नारायणगढ सडक खण्डमा दैनिक साना-ठूला ५० हजारभन्दा बढी सवारीसाधन गुड्छन् । गत साउन महिनाभित्र निर्माण सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशनले २०७५ माघ २४ गते यो सडक विस्तारको ठेक्का सम्झौता गरेको थियो । तर, सम्झौताको चार वर्ष बितिसक्दा ११४ किलोमिटरको यो सडकको ३० प्रतिशत काम मात्र पूरा भएको छ ।