२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

शुक्रबारभित्रै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउँछ : प्रवक्ता पाण्डेय

मंगलवार , बैशाख २६, २०८०

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • रुपन्देही, २५ वैशाख ।

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा मन्त्री सन्तोष कुमार पाण्डेयले शुक्रबारभित्रै सरकारले पूर्णता पाउने बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लम्बिनी प्रदेश कार्यालय बुटवलले कानून दिवसको अवसरमा मंगलबार आयोजना गरेको कानून र सुशासन विषयक साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेयले जनताले अनुभव गर्ने गरी काम गर्ने टीमसहितको सरकार विस्तार गर्ने बताए । उनले दिगो विकासको अवधारणासहित सरकार अघि बढ्ने जिकिर गर्दै संघीयतालाई पूर्ण रुपमा कार्र्यान्वयन गर्न प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्नेमा जोड दिए  ।

    उनले नीति नियमलाई पालना गरी आम नागरिकलाई सुशासनको प्रत्याभुति दिलाउने गरी मुख्यमन्त्री डिल्ली बहादुर चौधरी नेतृत्वको सरकार लाग्ने जिकिर गरे । उनले काम गर्न सहज हुने गरी एक मन्त्रालय थप गर्ने बताए  ।

    त्यसै गरी कार्यक्रममा बोल्दै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले नेकपा एमाले कानूनी राज्यको पूर्ण पालना र सुशासनको पक्षमा रहेको जिकिर गर्दै जुनसुकै भ्रष्टाचारीलाई संरक्षण गरेर नबस्ने जिकिर गरे । उनले प्रदेश सरकार कानूनको अभावका कारण सोचेअनुसारको गति लिन नसकेको बताउदै अधुरा ऐन र कानून निर्माणमा एमालेले  सहयोग गर्ने जानकारी दिए । चौधरीले एमालेले भागबण्डाको राजनीति स्वीकार नगर्ने भन्दै आर्थिक संकटको अवस्थामा पनि मन्त्रालय थप्नु सुशासन विरोधी काम भएकोे दावी गरे ।

    नेपाली कांग्रेसका नेतृ तथा निवर्तमान प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले प्रदेश सरकारले जनताको हकहितका लागि काम गर्नुपर्ने बताए । उनले प्रदेश सरकार नीति नियम र कानुनको अभावका कारण अपूर्ण रहेको उल्लेख गर्दै संघीयता कार्यान्यवनका लागी प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए । क्षेत्रीेले गठबन्धनको सरकार जनताप्रति उत्तरदायी भएर सुशासनको पक्षमा काम गर्न सुझाव दिए ।

    त्यस्तै कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता डा.दिनेश त्रिपाठीले नक्कली शरणार्थीमा दोषी ठहरिएमा जो कोहीलार्ई पनि कारवाही दायरामा ल्याउनुपर्र्ने जोड दिए । त्रिपाठीले मुलुकलाई सही बाटोमा लैजान नागरिक सचेत भई खबरदारी गर्नुपर्ने बताए ।

    कार्यक्रम रिपोर्टर्स नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।