
मंगलवार , बैशाख २६, २०८०
काठमाडौं, २६ वैशाख ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा आगामी केन्द्रिय समितिमा प्रस्तुत गरिने विषय र छलफल गरिने एजेण्डाका बारेमा छलफल हुनेछ । सो छलफलपछि केन्द्रिय समितिको छलफलको एजेण्डा तय हुनेछ ।
एमालेको केन्द्रिय समिति बैठक यही वैशाख २८ देखि सुरु हुँदैछ । यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका विषय छलफल गर्नुपर्ने भएको भन्दै काठमाडौंमा सारिएको थियो ।
गत मंसिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रासरुटको समीक्षालगायतका एजेढडा आगामी बैठकमा छलफल हुने बुझिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij