२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

संसद बैठकमै अमरेशकुमार सिंहले लुगा फुकाले

सोमवार , बैशाख २५, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, २५ वैशाख । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसद बैठकमा लुगा फुकालेका छन् । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उनले बोल्न समय मागेका थिए । तर, सभामुख देवराज घिमिरेले बोल्न समय दिएनन् । 

    यसपछि आफूले लगाएको लुगा फुकालेर विरोध जनाए । यसपछि सभामुख घिमिरेले बारम्बार उनलाई चेतावनी दिँदै सभ्य बन्न आग्रह गरे । सभामुख घिमिरेले असभ्य बोल्न र अशिष्ट व्यवहार नदेखाउन चेतावनी दिए । सभामुख घिमिरेको बारम्बारको चेतावनीपछि उनले लुगा लगाए । सांसद सिंहले लुगा फुकालेपछि एमालेका सांसदहरुले विरोध जनाए ।