२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

नारायणघाट–बुटवल सडकखण्डको काम २६ प्रतिशत मात्रै

सोमवार , बैशाख २५, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • बुटवल, २५ वैशाख । 
    महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक विस्तारका लागि थप डेढ वर्ष म्याद थप्न अनुरोध परेको छ ।
    कोरोनाको महामारी देखाउँदै यसअघि दुइ पटक म्याद थप गरेको चिनिया ठेकेदार कम्पनिले डेढ बर्ष म्याद थप गरिदिन अनुरोध गरेको हो । सो सडकखण्डको काम हाल २६ प्रतिशत मात्रै सम्पन्न भएको छ ।

    चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले आउँदो भदौ २२ गतेसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै यस अघि दोस्रो पटक म्याद थप गरेको थियो, जसअनुसार उसले जम्मा यस अवधिमा थप २ प्रतिशत मात्र काम सम्पन्न गरेको थियो ।  

    कोरोनाकालमा करिब डेढ वर्ष कामै नभएका कारण पटकपटक म्याद थप्नु परेको चिनिया ठेकेदार कम्पनीले जनाउँदै आएको छ भने चिनिया कम्पनीले माग गरे अनुसार सडक निर्माणको लागत नबढ्ने गरी म्याद थपबारे निर्णय गर्न लागिएको दाउन्ने गैडाकोट खण्डका प्रमुख इन्जिनियर आषिश थापा मगरले जानकारी दिए ।