२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

प्रधानमन्त्रीज्यू, भ्रष्टाचार छानबीनको फिल्म हेर्न टिकट काटेर बसेका छौं : एमाले

आइतवार , बैशाख २४, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, २४ वैशाख । 
    नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारलाई सबै भ्रष्टाचारका घटनामा छानबीन गर्न चुनौती दिएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणको कारबाही प्रधानमन्त्रीले ट्रेलर भनेको भन्दै अब आफूहरु टिकट नै काटेर फिल्म हेर्न बसेको बताएका हुन् । 

    ‘प्रधानमन्त्रीज्यूले बाहिर भन्दै हिँड्नु भएको छ– भ्रष्टाचारको सवालमा यो ट्रेलर मात्रै हो, फिल्म आउन त बाँकी नै छ,’ प्रधानमन्त्रीको अभिव्यक्तिलाई चुनौती दिँदै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामी फिल्म हेर्न आतुर छौँ । हामी तपाईंले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौँ । फिल्म देखाउनुस् । ’

    अब वाइडबडी, बाँसबारी जग्गा घोटाला काण्ड, यति, ओम्नी, लडाकु शिविरका घोटाला काण्डको छानबीन गर्नुपर्ने बताउँदै उनले यसमा एमालेले सघाउने प्रतिबद्धता जनाए । एमाले दोषी जोगाउने पक्षमा नरहेको उनको भनाइ छ ।