२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

आज प्रतिनिधिसभा बैठक : विनियोजित विधेयकमाथि छलफल सुरू हुने

आइतवार , बैशाख २४, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, २४ वैशाख । 
    संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको दोस्रो अधिवेसनको बैठक आज अपरान्ह ४ बजे बस्नेछ । 

    संघीय संसद भवन, बानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपति कार्यालयवाट प्राप्त अधिवेशन सम्बन्धि पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउनेछन् भने सभामुख घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त मन्त्री पदमा नियुक्ती सबन्धि पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

    त्यसै गरी सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरुलाई मनोनयन गर्ने तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश–२०२८ पेश गर्ने कार्यक्रम रहेको छ ।

    साथै, अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व. २०८०÷८१ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।