
शनिवार , बैशाख २३, २०८०
भैरहवा, २३ वैशाख ।
रुपन्देहीको मायादेवी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी एकसय जना बढी जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टीका नेता रामअवध गुप्ताको विशेष पहलमा नेकपा (एमाले) का युवा नेता रुपचन यादवसहित नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले बताए ।
नवप्रवेशीहरुलाई पार्टीका केन्द्रीय सचिव यादव, नेता रामकेश गुप्ता, रामअवध गुप्ता, अर्जुन प्रसाद जयसवाल, हरिकेश हरिजन, रामु यादव, किरन गुप्ता, संजय मिश्रा, शशिकला पाण्डेलगायतले शनिबार पार्टीमा स्वागत गरेका हुन् ।
मायादेवी गाउँपालिका–२ स्थित समयमाई पचबिरवामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेता यादवले पछिल्लो समय जनमत पार्टीमा प्रवेशको लहर नै चलेको बताए । उनले देश र जनताको पक्षमा काम गर्ने पार्टी जनमत पार्टी मात्रै भएको जनताले राम्रोसँग बुझेको दावी गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij