२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

सरकारले विश्वासको मत पाउने महराको दावी

शनिवार , बैशाख २३, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, २३ वैशाख । 
    नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्ण बहादुर महराले सरकारले विश्वासको मत पाउने बताएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिने जनाउँदै महराले सरकार यथावत रहने बताएका हुन । 

    ‘सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सामान्यतया विश्वासको मत लिनु पर्छ,’ माओवादी नेता महराले भने, ‘त्यसकारण स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएपनि सरकारसँग पर्याप्त बहुमत रहेको छ । सरकार यथावत रहन्छ, विश्वासको मत कायमै रहन्छ ।’