२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

एआईजी श्याम ज्ञवालीविरुद्धको मुद्दा अख्तियारद्वारा तामेलीमा

शनिवार , बैशाख २३, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, २३ वैशाख । 
    नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको नागरिकताको जन्ममिति फरक पारी सरकारी निकायलाई झुक्याई जागिर खाएको भन्नेसमेत व्यहोराको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको छ । 

    उक्त मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता नं (अ०४३७४७) २०७९–११–१४ मा दर्ता भएको थियो । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक ज्ञवालले नागरिकताको जन्ममिति फरक पारी सरकारी निकायलाई झुक्याई जागिर खाएको भन्नेसमेत व्यहोराको उजुरी सम्बन्धमा अख्तियारले प्रारम्भिक छानबीन सम्पन्न गरी आयोगको मिति २०८०–०१–१४ को निर्णय अनुसारपछि थप प्रमाण फेला परेमा कानून बमोजिम हुने गरी हाललाई सो उजुरी तामेलीमा राखिएको जनाएको हो । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा ९१३० बमोजिम उक्त मुद्दा तामेलीमा राखिएको जानकारी गराईएको छ ।

    उक्त जानकारी अख्तियारले नेपाल प्रहरी प्रधान कार्यालय, नक्साललाई वैशाख १५ गते पत्र लेखी उजुरी तामेलीमा राखेको जनाएको छ । उक्त मुद्दामा क्लिनचिट पाएपछि एआईजी ज्ञवालीले आफुलाई अख्तियारले न्याय दिलाएकोमा खुशी व्यक्त गरे ।