२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

जुनसुकै धम्कीको सामना गरिनेछ, भ्रष्टाचारीलाई कारवाही हुनेछ : प्रचण्ड

शनिवार , बैशाख २३, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, २३ वैशाख । 
    प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफु कुनै दबाबमा नपर्ने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई पक्राउ गर्ने जनाउँदै प्रधानमन्त्री दाहालले आफु कुनै दबाबमा नपर्ने जनाएका हुन् । 

    ‘अब भ्रष्टाचारीको फाइल खोलिन्छ, कसैलाई छाडिन्न । यो ट्रेलर मात्रै हो, अब सिंगै फिल्म देखिन्छ,’ नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले भने, ‘उत्पीडित जनसमुदायको साथ भयो भने जुनसुकै घेराबन्दी र धम्कीको सामना गरिनेछ, भ्रष्टचारीलाई कारवाही गरिनेछ ।’