२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ अन्त्य भएको घोषणा

शनिवार , बैशाख २३, २०८०

काठमाडौं, २३ वैशाख । 
विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ को अवस्था अन्त्य भएको जनाएको छ । सो घोषणाले महामारीको अन्त्य गर्ने दिशामा एक प्रमुख पाइलाको प्रतिनिधित्व गरेको जनाइएको छ । तीन बर्ष अघि पहिलोपटक देखा परेको भाइरसले यस शताब्दीमा नै सबैभन्दा संकटग्रस्त अवस्था बनाएकोसमेत डब्लुएचओले जनाएको छ ।

अधिकारीहरूले भने कि भाइरसको मृत्यु दर जनवरी २०२१ मा प्रति हप्ता १ लाख भन्दा बढी व्यक्तिमा देखापरेको थियो भने अहिले त्यो घटेर ३५०० मा आइपुगेको छ । डब्ल्यूएचओका प्रमुखले यो महामारीमा कम्तिमा ७० लाख मानिसको ज्यान गएको बताए ।