
शुक्रवार , बैशाख २२, २०८०
काठमाडौं, २२ वैशाख ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटी र सचिवालय बैठक बोलाएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा २६ वैशाखमा बस्ने गरी सचिवालय बैठक बोलाएको हो ।
यसअघि २५ वैशाखमा बस्नेगरी केन्द्रीय कार्यालयको र २९ वैशाखदेखि तीनदिन बस्ने गरी केन्द्रीय कमिटीको बैठक आह्वान गरेको हो । केन्द्रीय कमिटी बैठक भने २९ देखि ३१ वैशाखसम्म चल्ने गरी बोलाइएको छ ।
बैठकमा समसामयिक राजनीतिक तथा पार्टीका नेताहरुविरुद्ध जारी पक्राउ पुर्जीलगायतका विषयमा छलफल हुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij