२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

ढिलो न्याय पाउने प्रवृतिलाई अन्त्य गर्छुः कानुन मन्त्री धनराज गुरुङ

बिहिवार , बैशाख २१, २०८०

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ढिलो न्याय पाउने प्रवृतिलाई अन्त्य गर्ने बताएका छन् ।

    बिहीबार सिंहदरबारमा पदबहाली गर्दै मन्त्री गुरुङले सुशासनमा ध्यान केन्द्रीत गर्ने भन्दै ढिलो न्याय पाउने प्रवृतिलाई अन्त्यका लागि प्रयास गर्ने बताएका हुन् । उनले चुस्त र दुरुस्त ढंगबाट सवैलाई कानून बराबर गर्ने बिषय आफ्नो प्राथमिकता हुने जिकिर गरे ।

    गुरुङले कानूनभन्दा माथि कोहि पनि नहुने भन्दै कानून बमोजिम सवै अघि बढ्नुपर्ने धारणा राखे । जुनसुकै ठाँउमा हुने भ्रष्टाचारका सन्दर्भमा कसैलाई पनि छुट नहुने उनले स्पष्ट पारे ।

    उनले स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएकाले यसलाई निष्पक्ष, स्वतन्त्र र चुस्त दुरुस्त बनाउन भूमिका खेल्ने बताए ।