२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

नवौँपटक मन्त्रिपरिषद् विस्तार : धनराज गुरूङ, मोहन बस्नेत र डिगबहादुर लिम्बू मन्त्री बने

बुधवार , बैशाख २०, २०८०

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • काठमाडौं, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नवौँपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।  प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरूङ, मोहनबहादुर बस्ने र  डिगबहादुर लिम्बू मन्त्रीमा नियुक्त गरेका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले गत ११ पुसमा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई मन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

    गुरूङलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र लिम्बूलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

    चार महिनामा प्रधानमन्त्री प्रचण्डले  नवौँपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । गत पुस ११ पहिलोपटक मन्त्रिपरिषद् गठन गरेका प्रधानमन्त्री प्रचण्डले माघमा तीनपटक, फागुनमा दुई, चैतमा एक र वैशाखमा दुईपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार ११ पुस, १०, १४ र २३ माघ, १४ र १६ फागुन, १७ चैत र ३ र २० वैशाखमा मन्त्रिपरिषद् गठन र विस्तार गरिएको हो ।