२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

टोपबहादुर रायमाझी र उनका छोराबिरुद्ध पक्राउ पुर्जि जारी

बुधवार , बैशाख २०, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, २० बैशाख ।

    तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    बुधबार काठमाडौं प्रहरीले नेकपा एमालेका सचिवसमेत रहेका रायमाझीका बाबु छोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । प्रहरीकाअनुसार जिल्ला अदालत काठमाडौंबाट सो पक्राउ पुर्जि जारी गर्ने अनुमति पाएको हो ।

    नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा रायमाझी र उनका छोराको पनि नाम मुछिए पछि काठमाडौं प्रहरी परिसरले पक्राउ पुर्जि जारी गरेको हो  ।

    बुधबार पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ ।