२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

बुधवार , बैशाख २०, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, २० वैशाख । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

    नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने घटनाको अनुसन्धान गर्न उनलाई बुधबार दिउँसो काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । अहिले उनलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ ।

    बुधबार नै उनलाई पक्राउ गर्न अदालतबाट प्रहरीले पक्राउ पुर्जी लिएको थियो । गृहमन्त्रालयबाट उनी गत वर्ष उपराष्ट्रपति कार्यालयमा सरुवा भएका थिए ।

    यसअघि मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए ।