२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

मंगलवार , बैशाख १९, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • रूपन्देही, १९ वैशाख । 
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विश्वासको मत पाएसँगै लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन सकिएको छ ।

    प्रदेश प्रमुखको कार्यालय लुम्बिनी प्रदेश बुटवल, रुपन्देहीले मंगलबार विज्ञप्ति जारी गर्दै हिउँदे अधिवेशन सकिएको जनाएको छ ।

    कार्यालयका सचिव प्रह्लाद पोखरेलद्वारा जारी विज्ञप्तीमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम २०८० साल वैशाख १९ गते मंगलबार राति १२ः०० बजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेको उल्लेख गरिएको छ । प्रदेश सरकारले बजेटको लागि तयारी गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त गरी बजेट अधिवेशन बोलाइने छ ।