
मंगलवार , बैशाख १९, २०८०
भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्रि डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । उनको पक्षमा ५३ जना सांसदले बिश्वासको मत दिएका छन् । बिपक्षमा २९ मत परेको छ । एमालेले बिपक्षमा मत दिएका छ ।
नेपाली कांग्रेसबाट मुख्यमनत्री बनेका चौधरीलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टि, लोकतान्त्रीक समाजवादी पार्टी, लगाएतका ८ वटा मत दिएका थिए ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्ती भएको जानकारी प्रदेशसभा बैठकलाई नगराई विश्वासको मत लिन खोजेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाए पछि बैठक आधा घन्टाका लागि स्थगित हुन पुगेको थियो । त्यसपछि शुरु भएको बैठकमा बिस्वासको मत लिने कार्यक्रम तय भएको थियो ।
बैशाख ११ गते एमालेका लिला गिरी नेतृत्वको सरकार ढलेपछि सर्मथनमा कांग्रेसका चौधरी गत बैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । लुम्बिनीमा १० दलका ८७ जना प्रदेश सभा सदस्य छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij