
मंगलवार , बैशाख १९, २०८०
दाङ, १९ वैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विश्वासको मत लिन बसेको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्ति भएको जानकारी प्रदेशसभा बैठकलाई नगराई विश्वासको मत लिन खोजेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएपछि बैठक आधा घण्टाका लागि स्थगित हुन पुगेको हो ।
बैठक मंगलबार बिहान ११ बजेदेखि सुरु भएको थियो । प्रतिपक्ष दल एमाले र राप्रपाले आपत्ति जनाएपछि सभामुख तुलाराम घर्तीले आधा घण्टाका लागि स्थगित गरेका हुन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij