२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने

मंगलवार , बैशाख १९, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • बुटवल, १९ वैशाख । 
    लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिदैँछन् । आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकवाट नवनियुक्त मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन । 

    लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता गत आइतवार दर्ता गराएका थिए । जसअनुसार सभामुख तुलाराम घर्तीले सो पत्र दर्ता भएको ४८ घण्टापछि अर्थात मंगलबार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आव्हान गरेका छन् ।

    नेकपा (माओवादी केन्द्र) को समर्थनमा नेकपा एमालेका लिल गिरीको नेतृत्वमा गठन भएको सरकारले विश्वासको मत पाउन नसकेपछि गत बिहिवार सरकार ढलेको थियो । सो सरकार ढलेपछि माओवादी केन्द्रलगायतका राजनीतिक दलको समर्थनमा समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । 

    गत शुक्रवार मुख्यमन्त्री चौधरीले माओवादीका धनबहादुर मास्की, लोकतान्त्रिक  समाजवादी पार्टी नेपालका सन्तोष कुमार पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई मन्त्री नियुक्ती गर्दै पद तथा गोपनियताको सपथ लिएका थिए । नवनियुक्त मन्त्रीहरुलाई जिम्मेवारी भने तोकिएको छैन, सबै तीन मन्त्री बिना विभागीय रहेका छन् । 

    विश्वासको मत लिएपछि मुख्यमन्त्री चौधरीले तीनैजना मन्त्रीको जिम्मेवारी तोक्ने तथा नयाँ अनुहारलाई मन्त्रीमा नियुक्त गर्ने योजना बनाएका छन् ।