
मंगलवार , बैशाख १९, २०८०
काठमाडौं, १९ वैशाख ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिदैँछन् ।
गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ वाट विजयी यादवले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन ।
संघीय संसद सचिवालयका दशरथ धमलाका अनुसार आज दिउँसो १ बजे कानून समितिको हल, सिंहदरवारमा सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको सपथ गराउनेछन् ।
सोही उपनिर्वाचनवाट विजयी भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले भने यसअघि नै सपथग्रहण गरिसकेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij