२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने 

सोमवार , बैशाख १८, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, १८ वैशाख । 
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो ।

    यसअघि सोमबार नै बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता चयन गर्न संसदीय दललाई निर्देशन दिएको थियो । १० वैशाखमा सम्पन्न उपनिर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने दलको नेतामा चयन भएका हुन् । 

    गत शनिबार डीपी अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएपछि रिक्त उक्त पदमा लामिछानलाई चयन गरिएको हो ।