२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

मुख्यमन्त्री चौधरीले विश्वासको मत लिएपछि मन्त्रीपरिषद् विस्तार हुन्छ : मन्त्री पाण्डेय

आइतवार , बैशाख १७, २०८०

  • 7.7K
    Shares
  • 7.7K
    Shares
  • भैरहवा, १७ वैशाख ।
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले वैशाख १९ गते मंगलबार विश्वासको मत लिएपछि मन्त्रीपरिषद् विस्तार हुने भएको छ । वैशाख १९ गते हुने प्रदेशसभा बैठकमा मन्त्री चौधरीले विश्वासका मत लिने भएका छन् । 

    मुख्यमन्त्री चौधरीले विश्वासको मत लिएपछि मन्त्रीपरिषद् विस्तार हुने मन्त्री तथा सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयले बताए । ‘मुख्यमन्त्रीले  विश्वासको मत लिएपछि मन्त्रीपरिषद् विस्तार भइ मन्त्रीहरुको कार्यविभाजन भइ मन्त्रीपरिषद्ले पूर्णता पाउँछ, ’खबरपात्रोसँग कुराकानी गर्दै मन्त्री पाण्डेयले भने ।

    नेपाली कांग्रेस संसदीय दलका नेता चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।