
आइतवार , बैशाख १७, २०८०
भैरहवा, १७ वैशाख ।
सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. लुम्बिनीरोड भैरहवा, रुपन्देहीमा आगामी वैशाख २५ र २६ गते निःशुल्क थाइराइड शिविर हुने भएको छ । दुईदिने शिविर बिहान १० बजेदेखि ३ बजेसम्म सञ्चालन हुने अस्पतालले जनाएको छ ।
शिविरमा निःशुल्क थाइराइड रगत जाँच, निःशुल्क थाइराइड रोग विशेषज्ञबाट परामर्श र निःशुल्क थाइराइडसम्बन्धी औषधी उपलब्ध हुने अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए ।
अस्पतालकाअनुसार शिविरमा स्वास्थ्य परीक्षण गराउन आउने बिरामीले अनिवार्य रुपमा नाम दर्ता गरेको हुनुपर्छ ।
त्यस्तै नाम दर्ता वैशाख १८ गतेदेखि २२ गतेसम्म गर्न सकिनेछ । त्यसै गरी शिविरमा पुरानो रिपोर्ट र डाक्टरको पूर्जी लिएर आउनुपर्ने अस्पतालले जनाएको छ ।
थप जानकारीका लागि टोल फ्रि नम्बर १६६०७१५२००६ तथा फोन नम्बर ०७१–५७६३७५ र ९७४६४०२४९० मा सम्पर्क गर्न सकिने अस्पतालको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij