आइतवार , बैशाख १७, २०८०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले महाविर पुनलाई सडकमा आएर आन्दोलन गर्न बाध्य बनाएको भन्दै सरकार प्रति खेद व्यक्त गरेका छन् ।
आइतबार काठमाडौंको माइतिघर पुगेर पुनको आन्दोलनप्रति ऐकवद्धता जनाउदै लिङ्देनले राज्यलाई अघि बढाउने काम गर्न खोज्दा सरकारले पुनलाई सडकमा आएर आन्दोलन गर्न बाध्य बनाएको भन्दै खेद व्यक्त गरेका हुन् । उनले पुनले अघिसारेका मागहरु तत्काल पुरा गर्न सरकारको ध्यानाकर्षण गराए । पुनको माग पुरा नभएसम्म राप्रपाको साथ रहने भन्दै प्रधानमन्त्रीले नै पुनको माग पुरा गर्ने वातावरण बनाउनुपर्ने जिकिर गरे ।
उनले अयोग्य लडाकु र औषधीउपचारका नाममा करौडौं खर्च गर्न सक्ने सरकारले आबिश्कारका लागि सरकारले साथ र सहयोग गर्नुपर्ने बताए । लिङ्देनले पुनले अघि सारेका मागहरु व्यक्तिका मात्रै नभएर सिंगो देशका लागि भएको पनि बताए ।
सो क्रममा पुनले अनुसन्धान, आविष्कार नवप्रवद्र्धनलाई सरकारले प्राथकितामा राख्नुपर्ने बताउनुभयो । अनुसन्धानका लागि काम गर्न खोज्दा राज्यले नै सहयोग नगरेको उनले बताए ।
अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धन गर्नका लागि छुट्टै बिभाग खोल्नुपर्ने लगाएतका चार बुँदे माग राखेर पुनले काठमाडौंको माइतिघरमा धर्ना सहितको आन्दोलनको कार्यक्रम सुरु गरेका हुन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij